गोकुलेश्वर । नेपालको पहिलो महिला टिभी च्यानलको रूपमा नारी टेलिभिजन एचडीले बुधबारदेखि प्रसारण सुरू गरेको छ ।
बुधबार बाजुराको बुढीगंगा नगरपालिकामा एक कार्यक्रम आयोजना गर्दै टेलिभिजनको औपचारिक रूपमा प्रसारण सुरू गरिएको हो । टेलिभिजनमा माइती घर र आजको नारी नामक कार्यक्रम प्रसारण गरिएको छ ।

नारीहरूको नसुनिएका कथा, नारी उत्पिडनको व्यथा, समाजका नारीहरूको भूमिका र महत्व, समाज परिवर्तनमा नारीहरूको अग्रसरता जस्ता विषयलाई टिभीले प्राथमिकतामा राख्ने बताइएको छ ।
कार्यक्रममा बाजुराका १५ जना एचआईभी पीडित महिलाहरूलाई खाद्यानसँगै ३ महिनाका लागि पोट्रिन डाईट औषधी र १ सय जना एकल महिलालाई दैनिक उपभोग्य खाद्यान सामाग्रीहरु वितरण समेत गरिएको थियो ।
समारोहमा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टेलिभिजनको भिडहरूमा नारी टिभीले फरक उद्देश्य र महत्व राख्ने बताए ।
फिल्म क्षेत्रलाई लक्षित गरेर १४ वर्षदेखि प्रसारण हुँदै आएको टेलिभिजन च्यानल ‘टिभी फिल्मी’ लाई ‘नारी टिभी’ को रूपमा प्रसारणमा ल्याइएको हा े। च्यानलकी अध्यक्ष निकिता पौडेल हुन् । महिलाहरूका हकहित, अधिकारका निमित्त नारी टिभी क्रियाशिल रहने उनले बताइन् ।



