No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रचण्डले कुरा विगारेकै वेला माओवादीको जम्बो टोली भारत दौडमा

गोकुलेश्वर । प्रधानमन्त्री नियुक्तिमा भारतको ‘माईक्रो म्यानेजमेन्ट’ लाई छताछुल्ल पारेपछि पुष्पकमल दाहालको आलोचना भईरहेका वेला माओवादीको जम्बो टोली दिल्ली दौडमा निस्कन लागेको छ ।

pm office

सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा माओवादी नेताको टोली भारत भ्रमणमा जान लागेको हो । नेपालका सत्तारूढ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको भाजपा अध्यक्ष जे पी नड्डाले जानकारी दिएका छन् ।

पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको निमन्त्रणमा तत्कालै माओवादी केन्द्रका नेता आउन लागेको बताएका हुन ।

भाजपाले विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भारतमा बोलाएर आफनो पार्टीको गतिविधिका बारेमा जानकारी दिने गरेको छ । गत वर्ष हाल प्रधानमन्त्री रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नड्डाको निमन्त्रणमा भारतको भ्रमण गरेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.