गोकुलेश्वर । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ सालको नतिजा आज सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालन गरेको परीक्षाको नतिजा कुनै प्राविधिक समस्या नआए आज सार्वजनिक गर्ने गरी आजका लागि बोर्ड बैठक बोलाइएको बोर्ड निकट स्रोतले जानकारी दिएको छ ।
यसअघि आगामी शुक्रवार सम्म नतिजा सार्वजनिक गर्ने घोषणा बोर्डले गरेको थियो । कुनै प्राविधिक समस्या आए वा बोर्ड बैठक बस्न नसके नतिजा शुक्रवारका लागि सर्नेछ ।



