No.1 News Portal from Sudurpashchim Province
bajaj

सन्त रामपालजी का अनुयायीले गरे शास्त्र प्रमाणित पुस्तक वितरण

गोकुलेश्वर । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका द्वारा असार १३ गते देखि २० गते सम्मका लागि गोकुलेश्वरमा आयोजित मेलमिलाप सम्बन्धी ८ दिने तालिममा सन्त रामपालजी महाराजका अनुयायी ले   शास्त्र प्रमाणित आध्यात्मिक ज्ञानको विषयमा जानकारी गराएको छ ।

pm office

मिति २०८० असार १९ गते मंगलवारका  आध्यात्मिक जनचेतना मुलक कार्यक्रम मा उपस्थित सबैलाई कुलत, दुर्व्यसन, घरेलू हिंसा, अन्धविश्वास तथा पाखंडवाद, दाईजो प्रथा, भ्रष्टाचार,आत्महत्या, कन्या भ्रुणहत्या, लगायत विषयमा ज्ञान दिएको थियो ।

सामाजिक विकृतिहरूको अन्त्य गरी वास्तविक मोक्ष मार्ग प्रदान गर्ने, आपसी भाइचाराको स्थापना तथा मानव अधिकारको पूर्ण पालना गराई स्वच्छ, सभ्य समाजको निर्माण सन्त रामपालजी महाराजको तत्वज्ञानले मात्र संभव रहेको उक्त कार्यक्रमका प्रमुख लालबाबु शाहले बताए ।

साथै कार्यक्रममा सहभागी सदस्य एवम् कार्यक्रम संचालक लाई सन्त रामपाल द्वारा लिखित पुस्तक ज्ञान गंगा हिन्दु धर्म महान पुस्तक वितरण गरिएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.