No.1 News Portal from Sudurpashchim Province
bajaj

महाकाली नदीमा हाम फालेर बेपत्ता भएका पुरुष अझै फेला परेनन्

गोकुलेश्वर । दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नदिमा हाम फालेर बेपत्ता भएका पुरुष अझै फेला परेका छैनन् । उनको तिन दिनदेखि खोजी जारी छ ।

शनिवार साँझ ४ बजे अन्दाजी ३५ वर्षका पुरुषले महाकाली नदिमा हाम फालेका थिए ।

pm office

नदीमा कसले किन हाम फालेको हो भन्ने टुंगो लागि नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगत् गाहामगरले बताए । उनले भने, भारतिय नागरीक करिब एक हप्तादेखि हराएको भनेर प्रहरीमा निवेदन आएको छ, तर ती हराइरहेका पुरुष हुन वा होइनन् भन्ने एकिन भइसकेको छैन् ।

नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको खोजी कार्यका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोली निरन्तर लागिपरेको भएपनि पुरषलाई अझै फेला पार्न सकेको छैन् । पुरुषले हाम फालेको ठाउँमा चप्पल मात्रै फेला परेको थियो ।

बेपत्ता भएका पुरुषको खोजी कार्य भइरहेको दार्चुला प्रहरीले बताएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.