गोकुलेश्वर । दार्चुलाको मार्मामाबाट ससुराले आफ्नै बुहारी भगाएको घटनाले केही समय अगाडी निकै चर्चा पायो । यो बिषयलाई लिएर केही व्याक्तिले समाजिक संजालमा ख्याल ठट्टा समेत गरे । अहिले भने यो बिषय सेलाएको छ ।
भाग्ने बुहारि र भगाउने ससुरा अहिले कता गए होलान् भन्ने प्रश्न धेरैको मनमा उब्जिएको छ । यसै प्रश्नका बिच प्रहरीले केही क्लू फेला पारेको छ । मार्मा गाउँपालिका वडा नम्बर ४ घोडेधारका गोबिन्द विष्टले केही दिन अघि आफ्नै भतिजाकी श्रीमती भगाएर टाप कसेका थिए ।

दार्चुला प्रहरी स्रोतका अनुसार उनीहरु भारत घुसेको बुझिएको छ । यो घटनामा प्रहरी अनुसन्धान तथा खोजतलास चलिरहेको छ । नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर उनीहरूलाई खोजिरहेको जनाइएको छ ।
गोबिन्दले सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर सम्पर्कविहिन भएका थिए । जेठ २८ गते माइत जान्छु भनेर गएकी श्रीमतीलाई काका लगेर फरार भएका जयन्तीका श्रीमान शंकर विष्टले बताएका छन् ।
३ वर्षसम्म विदेशमा कमाएको धनमाल लगेर श्रीमती काकासँग भागेर गएपछि उनी प्रहरीसामु गएका थिए । घरमा जयन्तीका दुई छोरा छन् । दुई छोराको बिचल्लि मच्चाएर जयन्तीले आप्mनै ससुरा नाता पर्ने गोबिन्द बिष्टसंग टाप कसेकी थिइन् ।



