गोकुलेश्वर । दार्चुलाको गोकुलेश्वरमा एक युवकको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका—४ अतरियाका २६ वर्षीय सचिन बस्नेतको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

उनि मालिकार्जुन बेतालेश्वर सुनचाँदी पसलमा कारीगरको रुपमा काम गर्ने बस्नेतको गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्वर—९ गोकुलेश्वर बजारमा डेरा गरी बस्दै आएका थिए ।
विहान अबेर सम्म बस्नेत काममा नआएपछि स्थानीयहरुले खोजी गर्दा उनी आफनै कोठामा बेहोस अवस्थामा फेला परेका थिए । बेहोस अवस्थामा फेला परेका बस्नेतलाई स्थानीयहरुले उपचारका लागि अस्पताल लगेको भएपनि डाक्टरले उनलाई सोमवार दिउँसो साढे १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



