गोकुलेश्वर।दार्चूलाको शैल्यशिखर नगरपालिका वडा नंं ९ स्थित विगत २८ वर्षदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल निर्माणको कार्य तिव्र गतिमा भइरहेको छ । के एस कन्सट्रक्सन प्रा ली धनगढीले विमानस्थल निर्माणको कार्य गरिरहेको छ ।

उक्त निमार्ण कम्पनीले २ वर्ष भित्र काम सम्पन्न गर्ने गरि सम्झौता गरेको हो। २०७८ भाद्र महिनादेखि २०८० असोज मसान्त सम्म काम सक्नु पर्ने गरि ग्याविन जाली ९५० घनमिटर, स्ल्याव कलभर्ट ३८० घनमिटर र माटो फिलिङ ८४ हजार घनमिटरको काम लगभग ९५ प्रतिश्त पुरा भइसकेको के एस कन्सट्रक्सन प्रा ली का ठेकेदारले बताए
सशस्त्र द्धन्द्ध शुरु भएसँगै वि सं २०५० साल देखि जहाजले उडान भर्न छोडेपछि यो विमानस्थल गाई–भैंसीका लागि चरन क्षेत्र, नेताहरुका लागि भाषण स्थल र स्थानीयहरुका लागि खेलमैदान बनेको थियो । अहिले विमानस्थलको काम धमाधम सुरु हुन थालेपछि यहाका स्थानिय खुसी भएका छन् ।
गोकुलेश्वर विमानस्थल संचालनमा आए दार्चुला र बैतडीका नागकिहरुको जहाज चढ्ने धोको पुरा हुने र आवतजावत गर्न समेत सहज हुने छ ।



