गोकुलेश्वर । कृषि ज्ञान केन्द्र दार्चुलाले बर्षे फलफूलका विरुवाहरु धमाधम वितरण गरिरहेको छ ।
आइतबार जिल्लाको गोकुलेश्वरबाट रोड हेड क्षेत्रमा फलफुलका विरुवाहरु वितरण गर्न लागेकोे कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । कागती निशुल्क र अन्य फलफुलका बिरुवाहरु ५० प्रतिशत अनुदानमा वितरण भईरहेको ज्ञान केन्द्र प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिए ।

वर्षे फलफूल विरुवा वितरण गरि बगैँचा स्थापना गर्नुे पर्ने भएकाले ५० प्रतिशत अनुदानमा व्यवसायीक फलफूल खेति गरिरहेका वा गर्न इच्छुक कृषक, कृर्षक समूहलाई फलफुलका बिरुवा वितरण गरिन लागेको पन्तले बताए ।
६ हजार कागतिका बोट, ३ हजार आँप, २ हजार लिची, १ हजार अंगुर र ४४ सय बिरुवा खजुरका बितरण भईरहेको कार्यालयले जनाएको छ । आईतवार रोड हेडका क्षेत्र शैल्यशिखरको गोकुलेश्वर हुदै मालिकार्जुन महाकाली नगरपालिकाको केहि बडामा विरुवा वितरण हुने र बाकी बिरुवा ज्ञान केन्द्रमा राखिने जनाएको छ ।
रोड हेड बाहेकका दार्चुलाका अन्य कृषक र कृषक समुहले कार्यालयमा आएर विरुवा लैझान हुन कार्यालय प्रमुख पन्तले आग्रह समेत गरेका छन् ।



