No.1 News Portal from Sudurpashchim Province
bajaj

रविलाई पनि श्रीमतीकै टेन्सन !

गोकुलेश्वर । पछिल्लो एक वर्षदेखि दिनहुँ चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देश र जनताको भन्दा आफ्नै कान्छी श्रीमती निकिता पौडेलका कारण तनावमा देखिन्छन् ।

राजधानीको माइतीघर मण्डलामा मुलुकभरका सहकारी पीडितहरू चार सातादेखि आन्दोलनमा छन् । सहकारी संस्थाले ठगेपछि आफ्नो माग सरकारलाई सुनाउन पीडितहरु मण्डलामा आन्दोलनरत छन् ।

तीमध्येकी एकजना राधा महर्जनले चार दिनअघि रास्वपा अध्यक्ष लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेको लाजिम्पाटको एक सहकारीले पाँच करोडभन्दा बढी रकम हिनामिना गरेको बताउँदै मिडियासामु आक्रोश पोखेकी थिइन् ।

pm office

रविले सहकारी पीडितको पक्षमा अहिलेसम्म नबोलेको उल्लेख गर्दै राधाले रविले १२ भाई पत्रकारलाई गाली गरेको र लामिछाने पनि त्यसमध्येको एक भएर १३ भाई बनेको बताएकी हुन् । उनले लामिछानेलाई माइतीघर आएर देखाउन चुनौति दिएपछि हतारहतारमा माइतीघर मण्डला पुगेर राधालाई गाली गरेका थिए ।

रविले आफ्नी श्रीमतीले ऋण लिने प्रयोजनको निम्ति मात्रै सहकारीको उपाध्यक्ष बनेको उल्लेख गर्दै कडा शब्दमा राधालाई फपारेका हुन् ।

झण्डै एक महिनादेखि भइरहेको आन्दोलनबारे आफू अनभिज्ञ रहेको समेत उनको दाबी थियो । एकाएक गृहमन्त्री बनिसकेका उनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको छ । तर, राजधानीमा भइरहेको हप्तौंदेखिको आन्दोलनप्रति उनी बेखबर रहेको खबरले लामिछानेको करनी र कथनीमा आकाश जमिनको अन्तर देखिएको छ ।

माइतीघर मण्डलामा पुगेर उनले सहकारी पीडित संघर्ष समितिसँग कुनै छलफल र भेटघाटको आवश्यकता देखेनन् । तर, लामो समय आफ्नी श्रीमती सहकारीको ठगीमा संलग्न नभएको जवाफ र स्पपिष्टकरणमा खर्चेका थिए ।

जनताले आशा गरेको एउटा राजनीतिक नेताले समेत श्रीमतीकै चिन्तामा समय बिताएपछि माइतीघरमा आन्दोलनरत सहकारी पीडितहरुले अचम्म मानेका हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.