No.1 News Portal from Sudurpashchim Province
bajaj

साच्चै आमेस र समिक्षाले लगनगाठो कस्ने जमर्को गरेकै हुन त ? किन हुदैछ समाजिक संजालमा यति धेरै चर्चा

गोकुलेश्वर । पछिल्लो समय गायक तथा फिल्म अभिनेता आमेश भण्डारी र गायिका समीक्षा अधिकारी टिकटकमा निकै हिट छन् । टिकटक भिडियोमा यी दुईको केमेस्ट्री पनि देख्न सकिन्छ । एकअर्कालाई साथी भन्दै बर्थडे विस पनि गरिरहेका हुन्छन् । यी सबथोक हेर्दा यी दुईबीच निकटता रहेको बुझ्न कठिन छैन ।

 

 

 

 

pm office

हालैको अष्ट्रेलिया भ्रमणमा यी दुईले रमाइला टिकटक बनाएर पोस्ट गरिरहेका थिए । यतिबेला आमेश घर फर्किएका छन् । यही क्रममा एक टेलिभिजनलाई अन्तर्वार्ता दिंदै उनले प्रस्ताव आए समीक्षासँग विवाह गर्न आफू तयार रहेको समेत बताए । उक्त टिभी शोका प्रस्तोताले आमेशलाई समीक्षाको बुबाआमा केटा माग्दै घर आउनुभयो भने के तपाईँ उनीसँग विवाह गर्न तयार हुनुहुन्छ र भनेर सोधेका थिए । आमेशको जवाफ थियो, ‘त्यस्तो भयो भने त एकदम लक्की हुन्छु । म विवाह गर्छु । मेरो उमेर पनि भयो ।’

 

 

 

पछिल्लो समय समीक्षा र आमेशबीच प्रेमको चर्चा पनि चलिरहेको छ । यो चर्चाबीच आमेशले विवाह गर्न तयार रहेको बताएका हुन् । तर समीक्षा मिल्ने साथी मात्र भएको उनले बताए । आमेश भन्छन्, ‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले यस्तो ठान्नु भएको होला तर अहिले हामी प्रेममा त छैनौं पछि के हुन्छ थाहा छैन ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.