No.1 News Portal from Sudurpashchim Province
bajaj

ग्वाल्लेकका वडा अध्यक्ष जोशी बालविवाह न्युनिकरण गर्न आफै मैदानमा खटिए, धमाधम दिन थाले किशोर किशोरीलाई अभिमुखिकरण तालिम

pm office

गोकुलेश्वर । बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ०९ ग्वाल्लेकमा बालविवाहका घटना ह्वात्तै बढ्न थालेपछि वडा अध्यक्ष मोहन देव जोशीले किशोर किशोरीलाई बालविवाह न्युनिकरण सम्बन्धि एक दिने अभिमुखिकरण तालिम दिएका छन् । हिजो शनिबार किशोर किशोरीलाई बालविवाह न्युनिकरण सम्बन्धि अभिमुखिकरण तालिम दिइएको हो । ग्वाल्लेकमा बालविवाहका घटना ह्वात्तै बढ्न थालेपछि यसलाई न्युनिकरण गर्नुपर्छ भन्ने बिशेष उद्देश्यका साथ किशोर किशोरीलाई अभिमुखिकरण तालिम दिएको वडा अध्यक्ष जोशीले बताए ।

 

उक्त बालविवाह न्युनिकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा नागार्जुन प्रहरि चौकिका इन्चार्ज बिष्णु दत्त जोशी लगायत वडाका सम्पुर्ण जनप्रतिनिधि र कर्मचारिहरुको सहभागिता रहेको बताइएको छ । वडाले बालविवाह न्युनिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गर्न लागेको भन्दै वडाबासी सम्पुर्ण किशोर किशोरिलाई सहभागी हुन आग्रह गर्दै एक सुचना निकालेकोे थियो । उक्त सुचनापछी ग्वाल्लेकका किशोर किशोरीले खुसी हुदै सो कार्यक्रममा सहभागीता जनाएका हुन् ।

 

 

बालविवाह न्युनिकरण सम्बन्धि एक दिने अभिमुखिकरण तालिममा एक सय भन्दा बढी किशोर किशोरीको सहभागिता रहेको वडा अध्यक्ष जोशीले बताएका छन् । उक्त तालिममा सम्पुर्ण किशोर किशोरीलाई कानुनि व्यवस्था परामर्श र सुझाव सल्लाह ,चाडो बालविवाह गर्दा जिवनमा घट्न सक्ने घटना र आउने भावी पुस्तालाई यसले पार्ने नकारात्मक प्रभावका बारेका जानकारी गराएको नागार्जुन प्रहरी चौकिका इन्चार्ज बिष्णु दत्त जोशीले बताए । तालिममा सिकेका सम्पुर्ण कुराको मनन गर्दै किशोर किशोरीले बालविवाह नगर्ने प्रतिबद्यता समेत जनाएको ग्वाल्लेक युवा क्लबका अध्यक्ष दिपराज जोशिले बताए । बालविवाह जस्तो गम्भिर बिषयमा दशरथ चन्द नगरपालिकाले बालविवाह न्युनिकरण सम्बन्धि कुनै पहल नचाल्दा ग्वाल्लेकका वडा अध्यक्ष जोशी आफै किशोर किशोरीलाई तालिम दिन बाध्य भएका छन् ।

 

अध्यक्ष जोशिले भने यो तालिमले मात्रै ग्वाल्लेकमा पुर्ण रुपमा बालविवाह न्युनिकरण गर्न नसकिने भएकाले असार २५ गते एउटा बृहत कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको समेत बताए । उक्त कार्यक्रममा सहाभागी हुन सम्पुर्ण ग्वाल्लेकबासी आमाबुबा, दाजुभाइ दिदिबहिनीलाई आग्रह गरिएको छ ।

 

उमेर नपुग्दै भागेर जाने वा घरकाले सुटुक्क बिहे गर्ने गरेका कारण ग्वाल्लेकमा बालविवाहका घटना बढ्दै गएका छन् । बिषेश गरि दलित समुदायमा बालविवाहका घटनाले झनै उग्र रुप लिन थालेपछि दशरथ चन्द नगरपालिका वडा नम्बर ०९ गवाल्लेकका वडा अध्यक्ष आफै तालिम दिन लागेका हुन् । ग्वाल्लेकमा दलित समुदायमा हुने गरेका बालविवाहका मुद्दाहरु वडामा मात्रै सिमित नभई जिल्ला प्रशासन कार्यलयसम्म समेत पुग्ने गरेका छन । बालविवाह कम गर्नका लागि वडाले दलित समुदायका किशोर किशोरिलाई पटकपटक अभिमुखिकरण तालिम दिने गरेको समेत बताएको छ ।

 

घरमा आमाबुबाले बालबच्चाको वास्ता कम गर्ने, बिधालयले निगरानी कम राख्ने र अभिभावकले बालबच्चाको आवश्यकता पूरा गर्न नसकेका कारण ग्वाल्लेकमा बालविवाहका घटना बढेका हुन् । दशरथचन्द नगरपालिकामा बालविवाहका घटना कम गर्न पालिका लगायत विभिन्न संघ सस्थाले समेत जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै बताएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.