No.1 News Portal from Sudurpashchim Province
bajaj

सामाजिक कार्यालय बझाङद्धारा थलाराका निर्माणाधीन विद्यालयको अनुगमन

बझाङ। सामाजिक विकास कार्यालय अन्तर्गत जिल्लाको थलारा गाउँपालिका—४,५ र ८ मा निर्माणाधीन अवस्थामा रहेका र निर्माण भैसकेका विद्यालय भवनको अनुगमन गरेको छ ।

सामाजिक विकास कार्यालय अन्र्तगत चालु आर्थीक बर्ष २०७९/८० मा सम्झौता भएर निर्माणधीन अवस्थामा रहेका भवनहरुको शुक्रबार सामाजिक विकास कार्यालयका प्रमुख बिरबहादुर धामी,जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहरा,उपप्रमुख कृष्ण बहादुर बिष्ट र सव–ईन्जिनियर केशव महता लगायतको संयुक्त टोलीले भवनहरुको अनुगमन गरेको हो ।

pm office

सामाजिक विकास कार्यालयद्धारा २३ लाख लागतमा निर्माण गरिएका थलारा गाउपालिका—४ मा रहेको भगवती बाठपाला आधारभुत विद्यालय काप्राको २ कोठे भवन ,वडा नम्बर ५ मा रहेको देब दुर्गा आधारभुत विद्यालय दुवालीको २ कोठे भबन र वडा नम्बर ८ पण्डित गाउँमा रहेको डाडाबाग आधारभुत बिद्यालयकोे सयुक्त अनुगमन गरेको हो ।

अनुगमनका क्रममा भवन संरचना सन्तोषजनक देखिए पनि व्यबस्थापन र अन्य काम ढिलाहुनुका साथै लापरवाहि गरिएको पाइएको कार्यालय प्रमुख धामीले बताए ।

गुणस्तरीय काम गर्न ताकेता गर्दा पनि अटेरी गरी काम अधुरै राखेको पाएइपछि कार्यालयका प्रमुख धामी, जिल्ला समन्वय प्रमुख बोहराले एक हप्ता भित्र छिटो र गुणस्तरीय काम गर्न निर्देशन दिएका छन् । काम गुणस्तरीय नभए र स्टिमेट अनुसार काम नभए भुक्तानी समेत रोक्का गरिने कार्यालयका प्रमुख धामीको भनाई छ ।

विद्यालयलाई क्षेणिक रुमपा मात्रै नसोचेर भावी पुस्ताका लागी समेत रहने भन्दै काममा कुनैपनी हतार नगरि, कमसल सामाग्री प्रयोग नगरि स्टिमेट अनुसार दिगो, बलियो र टिकाउ बनाउन समेत आग्रह गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.