No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर-३ कर्कलेमा जिप दुर्घटना,३ जना घाइते

गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका—३ कर्कलेमा जिप दुर्घटना हुँदा चालकसहित ३ जना घाइते भएका छन् ।

शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वर बजारबाट बैतडीको डिलाशैनी गाउँपालिका—३ गिरीबगड जाँदै गरेको से १ ज ११०४ नम्बरको जिप शनिबार (आज) साढे सात बजेतिर कर्कलेमा दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएका हुन् ।

pm office

घाइते हुनेमा चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका—८ का ३३ वर्षीय मानसिंह टमटा,जिपमा सवार डिलाशैनी गाउँपालिका—३ का ३० वर्षीय दिपक लुहार र डिलाशैनी—३ की ३० वर्षीया किरन कामी घाइते भएका अस्थायी टा«फिक प्रहरी पोष्ट गोकुलेश्वरका प्रहरी साहयक हवलदार मिनबहादुर नाथले बताए ।

उनका अनुसार चालक मानसिंहको टाउँको र छातीमा चोट लागेको छ । लुहार र कामीको टाउको र मुखमा चोट लागेको छ । घाइतेहरुको अहिले मालिकार्जु अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट ३० मिटर तल चमेलिया नदी नजिक खसेको छ । चिप्लो सडक र माथिबाट पहिरो खसेको ठाउँ भएकाले जिप दुर्घटनामा परेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.