गोकुलेश्वर । दार्चुलाको महाकाली नगरपालिका वडा नम्वर ४ मा पर्ने महाकाली नदिमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । शनिवार साँझ ४ बजे परिचय खुल्न बाकी रहेका अन्दाजि ३५ बर्षिय पुरुषले महाकाली नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नदिमा हाम फालेर बेपत्ता भएका पुरुषको खोजि कार्यका लागि अहिले नेपाल प्रहरी शसस्त्र प्रहरी र नेपाली सेनाको टोलि घटनास्थलतर्फ गएको दाचुर्लास्थित हाम्रा सम्बादाता हरिस ओडले बताए ।



