शैल्यशिखर पोलिक्लिनिकमा असार २३ गते आउँदैछन् हाडजोर्नीड जोर्नी नशा तथा बाथरोग बिसेसज्ञ बिशेषज्ञ डाक्टर
गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर स्थित शैल्यशिखर पोलिक्लिनिक प्रा.लि.मा बरिष्ठ हाडजोर्नी नशा तथा बाथरोग बिशेषज्ञ डाक्टर नविन खडकाले यहि असार २३ गते शनिबार विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने भएका छन् ।
उनले हाडजोर्नी नशा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीहरुलाई चेकचाँच गर्ने लगायतका चिकित्सकीय सेवा प्रदान गरेका छन् ।

उनले हात खुट्टाको जोर्नी दुख्ने चिसो मौसममा कटकटी जोर्नी सुन्निने तथा चलाउन गाह्रो हुने,जोर्नीमा संक्रमण हुनु, शरीरको मांसपेशीको दुखाइ तथा हातखुट्टा बाउँडिने, फर्फराउन सम्पुर्ण शरीर पोल्ने तथा झम्झमाउने मेरुदण्ड तथा गर्धनको दुखाइ वा जोर्नी चलाउन गाह्रो हुने लगायतका समस्या भएका हरुको उपचार गर्ने छन् ।
त्यस्तै,हडडीमा करकर खाने तथा कराउने हडडीमा क्याल्सियमको कमी,हातखुट्टाको जोर्नी बाङ्गोटिङ्गो हुने, घुडा सुन्निने,सोल्जर जोर्नी चलाउन दुखाइ हुने,युरिक एसिडको दुखाइ, हड्डीहरु बढ्ने, जमेर बिहान जोर्नी दुखाइ हुने,ज्वरो आउने बिहान उठ्दा हातखुट्टा चलाउन गाह्रो हुने,ढाड कम्मर तथा घाँटीको हड्डी भाँचिएको, हड्डी बाङ्गिएको, र टुटेको हात खुट्टा बाङ्गो भएको उपचार गरिने पोलिक्लिनिक जनाएको छ ।
पोलिक्लिनिकले विगत १ वर्षदेखी विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्दै आएको छ । यहाँ हरेक शनिबार विशेषज्ञ डाक्टर आउने गर्दछन् । सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य शैल्यशिखर पोलिक्लिनिकले गरेको छ ।
०९३४०००३९ ९८४८४८८२५८,९८६९७१००६५ मा फोन गरेर समेत नाम दर्ता गर्न सकिने पोलिक्लिनिक जनाएको छ ।



