No.1 News Portal from Sudurpashchim Province
bajaj

एफएम रेडियोहरुका समस्याहरुबारे मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण पत्र

गोकुलेश्वर। सुदुरपश्चिम सरकारले निति तथा कार्यक्रम ल्याउन लागेको पुर्व सन्ध्यामा एफएम रेडियोहरुका विभिन्न समस्या समाधानको माग राख्दै  सामुदायिक रेडियो प्रशारक संघ अकोराब र ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल वानले संयुक्त रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचल भट्टलाई ज्ञापन पत्र बुझाइएको छ ।

pm office

सामुदायिक रेडियो प्रशारक संघ अकोराबका बरिष्ठ उपाध्यक्ष विष्णु अवस्थी, ब्रोडकाष्टिङ एसमेसिएन अफ नेपाल वानका उपमहासचिव गोविन्द रोस्यारा र अकोराबका सुदुरपश्चिमका निवर्तमान अध्यक्ष दिर्घराज उपाध्यायले मुख्यमन्त्री भट्टलाई मुख्य मन्त्री कार्यालयमा भेटेर ध्यानाकषर्ण बुझाइएको छ ।

आम सञ्चार नीतिको मर्म र भावना अनुरुप हुने गरी सुदुरपश्चिम प्रदेश सरकारले प्रसारण सम्वन्धी नयाँ कानुनी व्यवस्था मिलाउनु पर्ने, एफएम रेडियो व्यवस्थापन, नियमन तथा संचालन कार्यविधी बनाउने नाममा रेडियो बन्द गर्ने सम्मका नेपालको संविधान बिपरितका व्यवस्थाहरु तत्काल खारेज गर्नुपर्ने र रेडियो सम्बन्धी नीति नियम बनाउदा रेडियोहरुको छाता संगठनका तर्फबाट सहभागिता सुनिश्चित गर्नुपर्ने मागहरु ध्यानाकर्षण पत्रमा समाबेश गरिएका छन ।

प्रदेशमा संचालित रेडियोको लागि छुट्टै विपद् ब्यवस्थापन कोषको स्थापना गर्नुपर्ने, प्रदेश भित्र रहेका रेडियोहरुको पूर्वाधार विकास, अप्ठारोमा परेका रेडियोको लागि उपकरण खरिदमा अनुदान, स्वयंमसेवी पत्रकारिता सम्वन्धी तालिम तथा जागरण कार्यक्रम संचालन गर्नुपर्ने, जारी गरेको निषेधाज्ञाका कारण रेडियो सञ्चालन कठिन बन्न थालेको र तत्काल रेडियो सञ्चालनको लागि आर्थिक सहयोग नहुँदा प्रसारण बन्द हुन सक्ने अवस्था उत्पन्न भएको जानकारी गराउँदै स्थानीय समुदायहरुसँग अभिन्नरुपले जोडिएर प्रसारण भइरहेका रेडियोहरुको नियमित र प्रभावकारी प्रसारणका लागि आवश्यक सहयोगका लागि ध्यानाकर्षण पत्रमा जोडदार माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले एफएम रेडियोहरुको बारेमा आफु जानकार रहेको र सकेसम्म सम्बोधन गर्ने बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.