No.1 News Portal from Sudurpashchim Province
bajaj

महिलालाई करणी गरेको आरोप लागेका वडा अध्यक्ष पुर्पक्षका लागि कारागार चलान

गोकुलेश्वर। महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

अध्यक्ष धामीमाथि गाउँकै एक महिलालाई जबरजस्तीकरणी गरेको आरोप लागेका थियो ।

अदालतको आदेश अनुसार बुधबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।

महिलालाई जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि वडा अध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो ।

pm office

प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।

सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामी उनीमाथी अभियोग लगाई अदालत पेश गरेको थियो ।

जिल्ला अदालत दार्चुलाले अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

उनीमाथी गाउँकै साला नाता पर्नेकी श्रीमतीलाई गत माघ २० गते राती घरमै गएर जबरजस्तीकरणी गरेको आरोप लागेको थियो ।

धामी गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.