
गोकुलेश्वर । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ । गुनासो सुन्न सबै जिल्लामा सम्पर्क सांसद तोकेको रास्वपाले दार्चुलाका लागि सांसद विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिएको हो ।
दार्चुला सहित सांसद श्रेष्ठले गुल्मी,अछाम र पाल्पा नागरिकहरुका समस्या सुन्ने बताइएको छ । यी सबै जिल्लाका नागकिले डाक्टर विराजभक्त श्रेष्ठलाई ९८६७४३७६०८ नम्बरबाट गुनासो राख्न सक्ने छन । ।
आम आवाजलाई नीतिमा समेट्न, अब्बल नीति बनाउन र त्यसको कार्यान्वयनमार्फत् मुलुकको अवस्था बदल्नका लागि सांसदहरुलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको सहमहामन्त्री बुर्लाकोटीले बताएका छन । सभापति रवि लामिछानेलाई भने कुनै पनि जिल्ला तोकिएको छैन । जिम्मेवारी दिने क्रममा सांसदको गृह जिल्लामा अन्य थपेर बाँडफाँट गरिएको छ । सांसदलाई नागरिकले सीधा सम्पर्क गर्नसक्ने गरि नम्बर समेत उपलब्ध गराइएको छ ।



