सडकमा खसेको पहिरो जेसीबीले पन्छाएपछि बैतडीको अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो, अलपत्र यात्रु लागे गन्तव्यतिर

गोकुलेश्वर । बैतडीमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन भएको छ । वर्षाका कारण सडक माथिबाट खसेको पहिराले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग आठ घण्टापछि सञ्चालनमा आएको हो । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ ज्यापुमा गएराति ११ बजे पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो ।
सडकमा खसेको पहिरो जेसीबीले पन्छाएपछि आज बिहादेखि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक, योगेश खत्रीले जानकारी दिए। पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको र घण्टौदेखि रोकिएका सवारीसाधन अलपत्र रहेका यात्रु गन्तव्यतर्फ लागेका छन ।



