No.1 News Portal from Sudurpashchim Province
bajaj

कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु

pm office

गोकुलेश्वर। कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६७ वर्षीय देवीलाल शाहको गएराति घरको छतबाट लडेर मृत्यु भएको हो। शुक्लाफाँटा नगरपालिका–१० शान्तिपथमा भतिजा नाता पर्ने दान बहादुर शाहको घरमा सुत्नलाई छतमा गईरहेको बेला देवीलाल खसेर घाइते भएको प्रहरीले बताएको छ।

उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाकारी दिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.