गोकुलेश्वर । बैतडीकी एक महिला गायब भएकी छिन् ।पुर्चौडी नगरपालिका वडा नं ६ रपनाका बिमल धानुककी श्रीमती डम्बरा धामी धानुक दुइ दिन देखि गायब भएकी हुन् ।

बुहारी १० गते राति देखि सम्पर्क विहिन भएकी उनका ससुरा जनक बहादुर धानुकले बताए ।
छोरा भारत भएका बेला बुहारी सुन सहित लत्ताकपडा लगेर सम्पर्क विहिन भएपछि समस्या भएको उनले बताए । खोजिका लागि ढोल्यामोड प्रहरीचौकीमा निवदेन समेत दिएको पारिवारिक स्रोतले जनाएको छ ।
कसैले देखेमा नजिकको प्रहरी, अथवा ९८६८७२४८२३ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।



