No.1 News Portal from Sudurpashchim Province
bajaj

ड्युटी गइरहेकी धनगढीकी पत्रकार शाहीको दुर्घटना, उपचारमा आर्थिक समस्या

 

गोकुलेश्वर । धनगढीकी पत्रकार बिना शाही अहिले अस्पतालको बेडमा सिकिस्त छिन्। धनगढीस्थित सुदूरपश्चिमान्चल एकेडेमी एसपीए कलेजमा अध्ययन गर्दै पत्रकारिता गरिरहेकी शाही सडक दुर्घटनामा परेपछि अस्पतालको शैय्यामा पुगेकी हुन्।

हिजो मंगलबार धनगढीस्थित चटकपुर क्षेत्रमा कार्यालय जाने क्रममा उनको स्कुटर दुर्घटना भएको थियो। उनी धनगढीबाट अत्तरिया टिभी टुडेको कार्यालय जान लागेकी थिइन्।

pm office

कार्यालय जाने क्रममै उनको स्कुटर ठोक्किएर दुर्घटना भएपछि खुट्टामा चोट लागेको छ। उनलाई दुर्घटनापछि धनगढीकै स्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालले उनको देब्रे खुट्टा भाँचिएको भन्दै हिजै पहिलो चरणको शल्यक्रियासमेत गरेको छ। अस्पतालले उनलाई कम्तीमा १ हप्ता अस्पतालमै राखेर थप अप्रेसन गर्नुपर्ने बताएको छ। त्यसका लागि महँगो खर्च लाग्ने भएपछि पत्रकारिता गरेर पढ्दै आएकी उनलाई थप समस्या भएको छ।

त्यसैले उनको उपचारका लागि सहयोग गर्न अपील समेत गरिएको छ। सहयोगका लागि ९८४४५८११८० मा सम्पर्क गर्न आग्रह गरिएको छ। उनको ग्लोबल आइएमई बैंंकमा रहेको खाता नम्बर सार्वजनिक गरिएको छ। जहाँ इच्छुकले रकम सहयोग गर्न सक्नेछन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.