No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाका आठ स्थानीय तहले बजेट ल्याए,शैल्यशिखरले ल्याएन

गोकुलेश्वर।दार्चुलाका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेका छन् ।

जिल्लाको लेकम, मार्मा, अपी हिमाल, मालिकार्जुन, नौगाड, दुहूँ,व्याँस गाउँपालिका तथा महाकाली नगरपालिकाले बजेट ल्याएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कानूनी व्यवस्थाअनुसार असार १० गतेसम्म बजेट पेस गरिसक्नुपर्ने नियम हुन्छ । तर, शैल्यशिखर नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेको छैन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जनप्रतिनिधिबीच बजेटमा देखिएको पुरानो दायित्व विषयमा छलफल तथा समझदारी हुन नसक्दा निर्धारित समयमा बजेट आउन नसकेको बताए । उनले बजेट पेश हुन अझै २ र ३ दिन लाग्ने बताए ।

बजेट ल्याएका पालिकाहरुले नगरसभा तथा गाउँसभाबाट सार्वजनिक गरेको नीति तथा कार्यक्रम बजेटमा सार्वजनिक गर्दै शिक्षा,स्वास्थ्य, कृषि, विद्युतीकरण,सडक र रोजगारलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिकाले आगामी आवका लागि रु ६३ करोड २३ लाख ९७ हजार ६ सय ६० रूपैयाँको बराबरको बजेट ल्याएको छ । नगर उपप्रमुखदुर्गा कुमारी खत्री बिष्टले आर्थिक विकास, भौतिक पूर्वाधार, रोजगारी,सामाजिक विकास, सुशासन लगायतका क्षेत्रलाई प्राथमिकता राख्दै आगामी आवको बजेट नगरसभामा पेश गरेकी हुन् ।

pm office

त्यस्तै,लेकम गाउँपालिकाले ८ करोड ९७ लाख ५७ हजार ४ सयको बजेट ल्याएको छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष माधवी जोशीले सामाजिक विकास,रोजगारी ,विद्युतीकरण,पूर्वाधार, कृषि, शिक्षा,स्वास्थ्य,सुशासन लगायतका क्षेत्रलाई प्राथमकितामा राखेको बताइन् ।

मालिकार्जुन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ५९ करोड १३ लाख ६४ हजारको बजेट ल्याएको छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष कल्यानसिंह धामीले पूर्वाधार, कृषि, शिक्षा,स्वास्थ्य, विद्युतीकरण,सुशासन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताए ।

त्यस्तै,जिल्लाको दुहूँ गाउँपालिकाले रु ३६ करोड चार लाख ७० हजार ६ सयको बजेट ल्याएको छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष शान्ति बमले पूर्वाधार, कृषि, शिक्षा, विद्युतीकरण, स्वास्थ्य,सञ्चार,रोजगारी र सुशासनका लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताइन् ।

अपि हिमाल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ३० करोड ५० लाख ९७ हजारको बजेट ल्याएको छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष देवकी देवी बोहराले पूर्वाधार, विद्युतीकरण,कृषि,रोजगारी,सञ्चार,शिक्षा,स्वास्थ्य,सुशासन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताइन् ।

त्यस्तै,जिल्लाको नौगाड गाउँपालिकाले रु ४० करोड ७६ लाख ४७ हजार ५ सयको बजेट ल्याएको छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष जगतसिंह ठगुन्नाले पूर्वाधार, विद्युतीकरण,कृषि, सञ्चार,शिक्षा,स्वास्थ्य,सुशासन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताए ।

जिल्लाको व्याँस गाउँपालिकाले रु ३८ करोड ४५ लाख २४ हजार ७ सयको बजेट ल्याएको छ । गाउँ सभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुवँरले पूर्वाधार,विद्युतीकरण,कृषि, सञ्चार,शिक्षा,स्वास्थ्य,सुशासन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताए ।

त्यस्तै,मार्मा गाउँपालिकाले रु ४० करोड ३३ लाख ६१ हजारको बजेट ल्याएको छ । गाउँ सभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष शर्मीला कुमारी चन्द सिंहले पूर्वाधार,विद्युतीकरण,कृषि,सञ्चार,शिक्षा,स्वास्थ्य,सुशासन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताइन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.