गोकुलेश्वर। दार्चुलाको नौगाड गाउँपालिका –१ रङरङेका ५२ वर्षिय मानबहादुर बम मृत अवस्थामा फेला परेका छन् । गत ८ गते घरबाट सदरमुकाम खलंगा जान भनेर हिडेका उनी सम्पर्कबिहीन थिए ।

खोज्दै जाने क्रममा हिजो साझ ६ः३० बजे नौगाड–२ खलपुजा धारमा बाटोबाट अन्दाजी ६०/७० मिटर तल खसेर मृत्यु भएको अवस्थामा भेटिएका हुन् । मृतकका भाई लालबहादुर बमले फेला पारेपछि प्रहरीलाई सम्पर्क गरेका थिए ।
तत्काल घटनास्थललाई सुरक्षित गरिएको र आज बिहान प्रहरी निरीक्षक जगत गाहामगरको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थल दल्लेख प्रहरी चौकीबाट २ घण्टा पूर्वमा पर्छ । प्रहरी निरीक्षक मगरको नेतृत्वमा घटनास्थल विशेषज्ञ सहितको अनुसन्धान टोली ५ बजे त्यता हिडेको छ ।



