No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरको प्रशासकीय भवन बन्दै,दुई वर्षमा काम सक्ने गरि सम्झौता

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाले नगर कार्यपालिकाको प्रशासकीय भवन निर्माणका लागि निमार्ण व्यवसायी कम्पनीसंग सम्झौता गरेको छ ।

सोमबार (आज) स्थानीय पुर्वाधार विभाग र शैल्यशिखर नगरपालिकाको साझेदारीमा प्रशासकीय भवन निर्माणका लागि नगरपालिकाको तर्फबाट नगर उपप्रमुख शान्ति खडायत,प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बाहदुर बिष्ट,इन्जिनियर योगेशसिंह धामी र चाँदनी नमस्कार जे.भी.महाकाली नगरपालिका—५ दार्चुलासंग २ वर्षमा काम सक्नेगरि सम्झौता गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्टले बताए ।

उनका अनसार चाँदनी नमस्कार जे.भी र नगरपालिकासंग भएको सम्झौता अनुसार २०८२ असार मसान्त सम्म काम सम्पन्न गरिसक्ने गरि १० करोड १९ लाख ६४ हजार ३ सय ४२ रुपयाँमा सम्झौता गरि काम सुरु गर्न कार्यादेश दिइएको छ ।

निमार्ण कम्पनीले २०८२ असार मसान्त सम्म भवन निमार्ण कार्य सम्पन्न गरि नगरपालिकालाई हस्तातरण गर्ने छ । प्रशासकीय भवन भवन चार तलाको बन्ने छ ।

pm office

भवनमा नगरपालिकाका सम्पूर्ण शाखा,मिटीङ्ग हल, लिफ्ट र गाडी पार्किङ्गको व्यवस्था रहने छ । त्यस्तै भवन अपाङ्गमैत्री बन्ने छ । नगरपालिकाले गत बैशाख १ गते प्रशासकीय भवन निर्माणका टेण्डर आह्वान गरेको थियो ।

२०७९ को स्थानीय तहको निर्वाचनमा नयाँ जनप्रतिनिधि चुनिएपछि नगरपालिकाको सेवा गोकुलेश्वर गाउँ विकास समितीको भवनबाट प्रवाह हुदै आएको थियो । तत्कालिन स्थानीय सरकारले गोकुलेश्वर स्थित एक स्थानीयको निजी घर भाडामा लिई कार्यालय सञ्चालन गर्दै सेवा प्रवाह गरेको थियो ।

लामो समयदेखि नगरपालिकासंग प्रशासकीय भवन नहुदाँ कार्यालय सञ्चालनमा समस्या आएको थियो । अबको २ वर्षपछि नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह गर्ने छ ।

०७९ मा सम्पन्न भएको स्थानीय तहको चुनावमा शैल्यशिखरको मेयरमा विजयसिंह धामी निर्वाचित भएपछि पदभार ग्रहरण गर्दै गर्दा नगरपालिकाको प्रशासकीय भवन निर्माण गरिने प्रतिबद्धता  गरेका थिए ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.