No.1 News Portal from Sudurpashchim Province
bajaj

दुहु गाउँपालिका- ५ का वडा अध्यक्ष भट्टको देहान्त

गोकुलेश्वर। दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षको निधन भएको छ। वडा अध्यक्ष मनोरथ भट्टको सोमबार बिहान निधन भएको हो ।

pm office

आइतबार स्वास्थमा केही समस्या देखिएपछि भट्ट जिल्ला अस्पताल दार्चुला आएका थिए । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो ।

भट्टलाई सोमबार बिहान धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिकाको बगौरामा निधन भएको हो । भट्टको शव अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । उनको आजै पोस्टमार्टम पछि दाह सस्कार हुने पारिवारिक स्रोतले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.