No.1 News Portal from Sudurpashchim Province
bajaj

लेकम गाउँपालिकाको केन्द्रमै ‘दारु’ बेचबिखनको कारोबार,पालिका चुपचाप किन ?

गोकुलेश्वर। दार्चुलाको लेकम गाउँपालिकाले पालिका भित्र मदिरा बेचबिखनमा प्रतिबन्ध लगाएको भएपनि कार्यान्वयन गर्नमा चुकेको छ ।

पालिकाले २०७४ सालदेखि नै पालिका ६ वटै वडामा भित्र मदिरा बेचबिखनमा प्रतिबन्ध लगाएको थियो । तर, पालिकाले कार्यानवयन भने अझै गर्न सकेको छैन् ।

लेकम गाउँपालिकाको केन्द्र रातामाटा नजिकै मदिरा बेचबिखन भइरहेको स्थानीयले बताएका छन् । पालिकाको केन्द्र भन्दा करिब १ सय मिटर र हुनैनाथ मावि रातामाटाको करिब ५० मिटर आसपासमा धमाधम मदिरा बेचबिखन भइरहेको भएपनि पालिका कानमा तेल हालेर निदाएको स्थानीयको आरोप छ ।

पालिकाको केन्द्र नजिकै यसरी मदिरा बेचबिखन हुदाँ समेत पालिकाले कुनै चाँसो नदिदाँ जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा मदिरा बेचबिखन हुने गरेको आशंका स्थानीयलाई छ ।पालिकाका ६ वटै वडामा अवैध रुपमा मदिरा बेचबिखन हुने गरेको छ ।

pm office

लेकममा विगत ४,५ वर्षको समयमा मदिराकै कारण हत्या,हिसाका कयौं घटनाहरु घटिसकेका छन् । मदिराकै कारण लेकमका ५,६ जनाको ज्यान समेत गएको छ । यती हुदाँ समेत पालिकाले मदिरा बेचबिखनमा पुर्ण प्रतिबन्ध लगाउन अझै सकेको छैन् ।

लेकमका स्थानीय व्यापारीहरु दार्चुलाको गोकुलेश्वर बजार,पनेबाँज,बैतडीको पञ्ज्युनयाँ लगायतका बजारहरुबाट सवारी साधन तथा ज्याला मजदुरी गर्नेहरुबाट मदिरा ओसारपोसार गराइ मदिरा बेच्ने गरेका छन् । यस्तै लाली क्षेत्रका व्यापारीहरु सीमावर्ती बजार भारतबाट अवैध रुपमा चोरी छिपी ल्याएर बेच्ने गरेका छन् ।

मदिराका कारण गाउँमा पारिवारिक हिसां, अशान्ति, झैझगडा हुनुका साथै आर्थिक र शारीरिक क्षति हुने गरेको छ । मदिरा निषेधित क्षेत्र रहेको लेकम गाउँपालिकामा अबैध रुपमा ओसारपसार गरेर मदिराको कारोबार ब्यापक छ ।

लेकमका स्थानीयले मदिरा बेचबिखनमा पुर्ण प्रतिबन्ध हुनुपर्ने माग पटक पटक राख्दै आएका छन् । पालिकाले पुर्ण प्रतिबन्ध लगाउन नसक्ने भए मदिरा बेचबिखन गर्न इजाजतपत्र (लाइसेन्स) खुला गर्नुपर्ने स्थानीयको माग छ ।

मदिरा बिक्रीको इजाजतपत्र खुला गरे यसरी अवैधरुपमा मदिरा बेचबिखन नहुँने र पालिका र सरकारको राज्वस्वमा पनि वृद्धि हुने स्थानीयको भनाई छ ।

यो विषयमा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी पालिकामा अवैध रुपमा मदिरा बेचबिखन भइरेको र पुर्ण प्रतिबन्ध कार्यान्वन गर्नमा समस्या भएको बताउँछन् ।‘गुनासो र उजुरी आएपछि कारवाही गरिरेका छौं।’उनले भने,’अवैध रुपमा मदिरा बेचबिखन भइरहेको उजुरी आएको खण्डमा पालिकाको नियम अनुसार कारवाही र जरिवाना गरिरहेका छ। पुर्ण रुपमा प्रतिबन्ध लगाउन सकेका छैनौं । बेचबिखन गर्न इजाजतपत्र (लाइसेन्स) खुला गर्नुपर्ने विषयमा गाउँ कार्यपालिकाकमा राख्नुपर्ने र आफुहरुको बहुमत नभएकाले खुला गर्न अप्ठेरो भएको छ ।’

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.