लेकम गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक वर्षमा ६ लाखको चिया-नास्ता खाए !
खाना शीर्षक राखेर मदिरा लगायतमा समेत खर्च हुने आरोप
गोकुलेश्वर। दार्चुलाको लेकम गाउँपालिकाले खाना र खाजाको नाममा एक वर्षमा ६ लाख खर्चेको छ ।
आर्थिक वर्ष २०७९/८० मा कार्यपालिका बैंठक तथा कार्यालय प्रयोजन चिया,नास्ता र खानामा ६ लाख रुपैयाँ खर्च गरेको छ । पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।०८० को व्यय अनुमानमा सो रकम खर्च गरेको उल्लेख गरेको छ ।

पालिकाले विकास निर्माणका काम भन्दा खाना, खाजा, भ्रमण, अनावश्यक बैठक भत्ता लिने काममा मात्र केन्द्रित हुने गरेको स्थानीयको गुनासो छ । सरकारले सुरक्षा निकायतर्फका कर्मचारीलाई रासन उपलब्ध गराए पनि स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई रासन सुविधा दिएको छैन् ।
जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा खाना, खाजा खर्चको बिल पेस गरेर पालिकाबाट मोटो रकम खर्च हुँदै आएको पाइएको हो । साथै खाना शीर्षक राखेर मदिरा लगायतमा समेत खर्च हुने आरोप छ ।
पालिका प्रमुख एवं कर्मचारीको मिलेमतोमा खाना र खाजाको नाममा पालिकबाट अनावश्यक रुपमा ठुलो रकम खर्चिने गरेको देखिएको छ । प्रचलित ऐन र व्यवस्था विपरीत खाना र खाजाको नाममा भएको खर्च अनावस्यक खर्च हो ।



