No.1 News Portal from Sudurpashchim Province
bajaj

नौगाड गाउँपालिकाले मौरीको गोला सहितको आधुनिक घार वितरण गर्यो

गोकुलेश्वर। दार्चुलाको नौगाड गाउँपालिकाले गोला सहितको १ सय वटा आधुनिक मौरीको घार व्यवसायीक मौरी पालक कृषहरुलाई वितरण गरेको छ ।

आइतबार (आज) गाउँपालिकाको नवप्रवर्धन साझेदारी कोष कार्यक्रम अन्तर्गत मौरी घार वितरण कार्यक्रम अनुसार तेस्रो चरणमा १ सय वटा आधुनिक घार विरण गरिएको कृषि तथा पशुपन्छी विकाश शाखा प्रमुख प्रकाशसिंह धामीले बताए ।

pm office

उनका अनुसार वडा नम्बर ५ का १० जना,वडा नम्बर ३ का ३ र वडा नम्बर ४ का १ जना मौरी पालक कृषकलाई गोला सहितको आधुनिक मौरी घार वितरण गरिएको हो ।

यसअघि वडा नम्बर ६ का २३ र वडा नम्बर ५ का ७ जना व्यवसायीक मौरी पालक कृषकहरुलाई २ सय गोला सहितको मौरी घार वितरण गरिएको थियो ।

अब बाँकी रहेका एक सय मौरी घार वडा नम्बर ४ का ३ जना कृषकलाई वितरण गरिने कृषि शाखा प्रमुख धामीले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.