गोकुलेश्वर। दार्चुलाका पत्रकार लोकेन्द्रसिह कार्कीको पहलमा सहयोग रकम संकलन गरिएको छ । दुई दशक देखि भारतमा मजदुरी गर्दैआएका दार्चुलाको

लेकम गाउँपालिका वडा नम्बर २ गराडी तल्लागाउँका पदमसिंह कार्कीको गत चैत ८ गते भारतको बिहार राज्य स्थित पटना भन्ने ठाउँमा एक्कासी निधन भएपछि कार्कीको परिवारमा दैनिक छाक टार्न निकै अप्ठ्यारो भएका कारण पत्रकार कार्कीले सहयोग अभियान चलाएका हुन् ।
अभियानबाट उठेको १,९३००० आज लेकमगाउँपालिका –२ का निर्वाचित वडा सदस्य बिरेन्द्र सिंह कार्कीको उपस्थितिमा आज मृतक कार्कीकी पत्नी लिला कार्कीलाई नगद हस्तान्तरण गरिएको पत्रका कार्कीले बताए ।



