गोकुलेश्वर। दार्चुलाको नौगाड गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०।०८१ को निति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ ।
शुक्रबार (आज) गाउँपालिकाले १३ औ गाउँसभाको अधिवेशन मार्फत गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले आगामी आर्थिक वर्ष २०८०।०८१को निति तथा कार्यक्रम गाउँसभामा पेश गरेका हुन् ।
अगामी आर्थिक वर्षको बजेट असार १० गते बजेट पालिकामा पेश हुने गाउँपालिका अध्यक्ष धामीले बताए ।
उनका अनुसार वडाबाट आएका योजना छनोटमा सडक, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, आर्थिक, संस्थागत सुधार लगायतका योजनाहरु प्राथमिकतामा राखिएको छ ।
यस्तै नीति तथा कार्यक्रमका क्षेत्रहरुमा भौतिक पूर्वाधार विकास क्षेत्र,संस्थागत विकास, वित्तीय व्यवस्था र सुशासन क्षेत्र,सामाजिक विकास क्षेत्र,वातावरण संरक्षण तथा विपद् व्यवस्थापन क्षेत्र,आर्थिक विकास क्षेत्रलाई बजेटमा प्राथमिकतामा राखिएको छ ।
महिला उद्यमीहरुको व्यवसायलाई प्रोत्सान गर्ने विदेशबाट फर्किएर आएका युवाहरुलाइ यहि रोजगारी दिने कार्यक्रम अगामी आर्थिक वर्षमा समेटिएको छ ।
निति तथा कार्यक्रममा कार्यपालिका सदस्य वडा अध्यक्ष विभिन्न शाखाका कर्मचारी बुद्धिजीवी समाजसेवी लगायत स्थानीयहरुको सहभागितामा पालिकाको निति तथा कार्यक्रम सम्पन्न गरिएको हो ।
नीति तथा कार्यक्रमका प्राथमिकताहरूः
१.गाउँपालिकाको जनजीविका र विकासका लागि अत्यावश्यक रहेका भौतिक पूर्वाधार ।
२. उत्पादनमूलक तथा शीघ्र प्रतिफल दिने ।
३. छिटो छरितो र प्रभावकारी रुपमा सेवा प्रवाह हुने ।
४. सेवा प्रवाह, संस्थागत क्षमता विकास, पारदर्शिता र सुशासन अभिवृद्धि हुने, ५. स्थानीय स्रोत साधनलाई प्राथमिकता दिने र जनसहभागिता वृद्धि हुने ।
६. परम्परागत धर्म, संस्कृति, चाडपर्व, मेला आदिको माध्यमबाट पर्यटन प्रवर्द्धन हुने
७. वातावरण संरक्षण, विपद् व्यवस्थापन र दिगो विकासमा टेवा पुन्याउने ।
८. गाउँपालिकाको राजस्व संकलनमा वृद्धि हुने ।
९. जनताको जीवनस्तर स्थानीय क्षेत्रमा रोजगारी हुने र आम्दानी बढ़ने ।
१०. स्थानीय सहभागिता जुट्ने, स्वयम् सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने ।
११. महिला बालबालिका तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने ।
१२. लैंगिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि गर्ने ।
१३. भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता कायम राख्न सघाउ पु–याउने ।
गाउँपालिकाका समष्टिगत नीतिहरु :
१. सामाजिक विकासको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी शिक्षा र स्वास्थ्यका क्षेत्रमा गुणात्मक सुधार गर्नेगरी नवप्रवर्तनात्मक कार्यक्रमहरु संचालन गरिनेछ ।
२. स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा सुधार गरी महामारीजन्य रोगहरूको नियन्त्रण तथा आधारभूत स्वास्थ्य सेवालाई पहुँचयुक्त, सर्व सुलभ र प्रभावकारी बनाइनेछ साथै वडा नम्बर ३ को जामिरमा निर्माण सम्पन्न चरणमा रहेको १० शैय्या अस्पताललाई आगामी आर्थिक वर्ष २०८०। ८१ बाट नै सञ्चालनमा ल्याइनेछ ।
३.भौगोलिक विकटता र परनिर्भरतामसी बजार हाम्रो गाउँपालिकाको चनौती हो । यसलाई मध्यनजर गर्दै कृषि तथा पशुजन्य उत्पादन वृद्धि गरी बजारीकरणका लागि समन्वय र सहकार्यको माध्यमबाट संस्थागत संरचना निर्माणमा जोड दिइनेछ र विशेष पकेट क्षेत्र घोषणा मार्फत कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने नीति अवलम्बन गरिनेछ ।
४.वडाहरूबाट प्राथमिकतामा राखिएका र क्रमागत आयोजनाहरुलाई प्राथमिकतामा राखि बजेट विनियोजन गर्ने निति अवलम्बन गरिनेछ ।
५.हरेक गरिब तथा विपन्न किसानको घरमा उद्यमशीलता विकास गर्ने कार्यक्रमलाई थप प्रभावकारी प्रकृयाबाट अगाडि बढाउँदै एक घर,एक रोजगारको नीति लिइनेछ ।
६.नौगाड गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्नका लागि गाउँपालिका भित्रका केही गरिब तथा दलित वस्तिहरूमा विभिन्न साझेदारहरूको सहकार्यमा आवश्यक पूर्वाधार, खानेपानी, घो.वा. वृक्षारोपण, जीविकोपार्जन, पूर्ण सरसफाइका क्रियाकलापहरू सञ्चालनमा ल्याइनेछन् ।

७.नौगाड गाउँपालिका भित्र रहेका विद्यमाने रूढिवादी परम्परा, महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी व्यवहार, बाल-विवाह, बहुविवाह, महिला हिंसा, किशोरीहरूमा आउने उमेरगत समस्या, किशोरी तथा महिलाहरूमा देखिने समस्याहरूको समाधान गर्न तथा विद्यमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय नियम कानून यावन्धी जानकारी गराउन नागरिक सचेतना कार्यक्रम संचालन गरिनेछ ।
८.गाउँपालिका भित्र रहेका विद्यमान बेरोजगारी समस्यालाई मध्यनजर गर्दै बेरोजगार युवाहरूका लागि सीपमूलक तालिम, वैदेशिक रोजगारीलाई निरुत्साहित हुने किसिमका कार्यक्रम ल्याई गाउँपालिका भित्रै रोजगारी सिर्जना गरिने र सहकारी विकास निर्माण कार्य संचालन गरिनेछ ।
९.खोलामा जलविद्युत र डाँडापाखामा वनजंगल र जडीबुटी उत्पादनको नीति अवलम्बन गरिनेछ । साथै खेतीयोग्य जमिनमा सिंचारका साथै वन संरक्षण तथा वन क्षेत्र विस्तारका लागि हरेक वर्ष असार महिनामा वृक्षारोपण सप्ताह कार्यक्रम सञ्चालन गरिनेछ ।
१०.सबै प्रकारका भ्रष्टाचारमा शून्यतानीनिनेछ। हरेक गतिविधि तथा प फर्केर हेर को नीति अवलम्बन गरिनेछ ।
११.सार्वजनिक निर्माण कार्यमा स्थानीय प्रतिनिधिक प्रयोग उच्च प्राथमिकता दिइनेछ ।
१२.विभिन्न किसिमका सामाजिक विकृति विसंगती तथा अपराधीक गतिविधिहरूलाई न्यूनीकरण गरी शून्यमा झार्ने नीति लिइनेछ ।
१३.सबै तहका कर्मचारीहरू, शिक्षकहरू, जिम्मेवारीमा रहेका व्यक्तिहरूलाई अझ बढी जिम्मेवार र जवाफदेही बनाइनेछ । साथै प्रत्यक्ष रूपमा जनताको गुनासो सुन्न अध्यक्ष सँग जनता सञ्चार कार्यक्रम सञ्चालन गरिनेछ ।
१४.समाजमा प्रत्यक्ष रूपमा दाखन मद्यपान, धुम्रपान जुवातास जस्ता सामाजिक विकृतिलाई नियन्त्रण गर्न कार्यविधि बनाई लागू गरिनेछ । साथै दुर्व्यसन तथा कुलतबाट छुटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
१५.सुनौला हजार दिनका महिलाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन उपाध्यक्ष कोसेली कार्यक्रमलाई परिमार्जन गरी निरन्तरता दिईनेछ ।
१६.समग्र नौगाडवासीहरुको पोषणमा सुधार ल्याउँदै पोषणको कमीबाट हुने कुपोषण जस्ता स्वास्थ्य समस्याहरूलाई न्यूनीकरण गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
१७.जलस्रोत, वन सम्पदा, खनिज पदार्थ लगायत प्राकृतिक स्रोतहरुको उपयोग गर्दा वातावरणीय प्रतिकूलता नहुने गरी गरिनेछ ।
१८. नौगाड गाउँपालिकाको वडा नं. १ नागुमा स्थापित खाद्य डिपोलाई व्यवस्थित गरी अन्य विकट क्षेत्रमा पनि विस्तार गर्न पहल गरिनेछ ।
१९.राजनीतिक आस्थाको आधारमा कुनै पनि नागरिकलाई विभेद नगरी स्थानीय सरकार हरेक जनताको अभिभावकको रुपमा रही काम गर्ने पद्धतिको विकास गरिनेछ ।
यस्तो छ २०८०र८१ को नीति तथा कार्यक्रमको
नीति तथा कार्यक्रम २०८०।८१ Final



