No.1 News Portal from Sudurpashchim Province
bajaj

वीर अस्पताललाई सरकारले सात सय जनरल बेड निःशुल्क दिने

गोकुलेश्वर। सरकारले वीर अस्पताललाई सात सय जनरल बेड निःशुल्क दिने निर्णय गरेको छ । वीर अस्पतालमा सात सय वटा जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने भएका छन् ।

pm office

राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजैदेखि लागु हुने गरी सो निर्णय गरिएको जनाएको छ । यसअघि, प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएकोमा अब भने निःशुल्क हुने न्याम्सका उपकुलपति डा.भुपेन्द्र बस्नेतले बताए ।

अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्नेछ । ७ सय बेड निःशुल्क गरेबापत् हुने वार्षिक पाँच करोड रुपैयाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरिने पनि डा.बस्नेतले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.