No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको लेकममा सर्पले डस्दा १८ वर्षीय किशोरीको मृत्यु

गोकुलेश्वर। दार्चुलामा सर्पले डस्दा एक जना किशोरीको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीय छोरी हेमन्ती जोशीको मृत्यु भएको छ ।

pm office

उनलाई शुक्रबार बिहान सर्पले टोकेको थियो । त्यसपछि बैध्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर किशोरीको मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

घरको कोठाभित्र सर्पले टोकेको थियो । हेमन्ती कृष्ण मावि लालीमा कक्षा १२ मा अध्यनरत थिइन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.