
गोकुलेश्वर। दार्चुलामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको व्याँस गाउँपालिका-२ र ३ सीमामा पर्ने फतङगाड खोला किनारमा अन्दाजी ४० बर्षिय पुरुषको शव फेला परेको हो ।
शुक्रवार बिहान करिब १० बजेतिर उक्त शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन सकेको छैन् । शव सड्न लागेको अवस्थामा रहेको बताइएको छ।



