No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीको सतबाँँझमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना

गोकुलेश्वर। बैतडी जिल्लाको सतबाँँझमा ‘अस्थायी ट्राफिक प्रहरी पोष्ट’ स्थापना गरिएको छ । जिल्लाको सुर्नया गाउँपालिका -२ स्थित सतबाँझ बजारमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको छ ।

pm office

ट्राफिक व्यवस्थापनका लागि सतबाँझमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख आकाश रावलले जानकारी दिए । सतबाँझमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना भएको जनाउदै उनले सेवा प्रवाहका लागि पोष्टमा एकजना ट्राफिक हवलदार र १ जना जवान गरि दुईजना कर्मचारी खटाइएको बताए ।

अस्थायी ट्राफिक प्रहरी पोष्टको उद्घाटन आइतबार गरिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रशाद अधीकारी, सुर्नया गाउँपालिका-२ का वडाअध्यक्ष हर्कबहादुर पाण्डेले ट्राफिक प्रहरी पोष्टको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.