गोकुलेश्वर। राष्ट्रिय स्वतन्त्र पार्टी शैल्यशिखर नगर कमिटीले आफ्नो पार्टीको स्थापना दिवसको अवसरमा गोकुलेश्वरमा घण्टी बजाएर स्थापना दिवस मनाएको छ ।
पार्टी स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा रास्वपा शैल्यशिखर नगर कमिटीले आज गोकुलेश्वर बजारमा ७७ पटक घण्टी बजाएर स्थापना दिवस मनाएको हो ।

गोकुलेश्वर बसपार्कदेखि घण्टी बजाउँदै बैतडीको डिलाशैनी गाउँपालिका-५ देउझाडी सम्म घण्टी बजाएर स्थापना दिवस मनाएको हो ।
घण्टी बजाउने कार्यक्रममा रास्वपा दार्चुलाका संयोजक तारादत्त भट्ट,शैल्यशिखर नगर कमिटी सभापति करन बिष्ट,पार्टीका कार्यकर्ता,शुभचिन्तक लगायतको सहभागिता रहेको थियो ।
गत वर्ष ७ असारमा रास्वपा गठन भएको थियो। घण्टी रास्वपाको चुनाव चिन्ह हो । पार्टीका सभापति रवि लामिछानेले आफ्ना कमिटी र शुभचिन्तकलाई ७ असार साँझ ७ बजे ७७ पल्ट घण्टी बजाउन आव्हान गरेका थिए।




