गोकुलेश्वर। शैक्षिक गुणस्तरमा दार्चुलाको महाकाली नगरपालिका–७ धापस्थित मालिकार्जुन नमुना मावि देशकै उत्कृष्ट विद्यालय बनेको छ ।
देशभरीका झण्डै ५ हजार विद्यालयमा गरिएको स्थलगत अनुगमन र ७९ वटा सूचकको आधारमा उक्त विद्यालय पहिलोमा परेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको नतिजा अनुसार मालिकार्जुन नमुना मावि पहिलो नम्बरमा रहन सफल भएको छ ।
शैक्षिक गुणस्तरमा गत वर्ष पनि मालिकार्जुन नमुना मावि पहिलो नम्बरमा रहेको थियो ।




