No.1 News Portal from Sudurpashchim Province
bajaj

आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले आज वेष्ट इन्डिजसँग खेल्दै

गोकुलेश्वर। आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ ।

विश्वकपको दुई पटकको विजेता सन् १९७५ को पहिलो संस्करण र सन् १९७९ को दोस्रो संस्करण वेष्ट इन्डिजसँग नेपालले पहिलो पटक एक दिवसीय क्रिकेट खेल्न लागेको हो । खेल दिउँसो १२ः४५ बजेदेखि जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा शुरु हुनेछ ।

नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार ब्यहोरेको छ । पहिलो खेलमा नेपाल जिम्बाब्वेलाई राम्रो लक्ष्य दिए पनि बलिङ फितलो हुँदा ८ विकेटको हार बेहोरेको थियो ।

pm office

दोस्रो खेलमा भने नेपालले अमेरिकामाथि ६ विकेटको जित हासिल गरेको थियो । एक दिवसीय वरीयतामा नेपाल १४ औँ र वेष्ट इन्डिज १० औँ स्थानमा छ । नेपालले वेष्ट इन्डिजसँग खेल्न पाउनु ठूलो अवसर हो ।

यही अवसरको सदुपयोग गर्दै जिम्बाब्वेसँग गरेको गल्तीको पाठ सिक्दै नेपालले चामत्कारी प्रदर्शन गर्न सक्ने अनुमान भइरहेको छ ।

जसरी भारतीय मूख्य प्रशिक्षक मोन्टि देसाईले नेपाली टिमको प्रशिक्षण सम्हालेपछि टिमको मनोबल बढेको छ त्यसरी नै पहिलो पटक वेष्ट इन्डिजसँग खेल्दा पनि नेपाली टिम उच्च मनोबलका साथ मैदानमा उत्रने छ ।

नेपालले कुनै पनि विश्वकप विजेतासँग खेल्न लागेको यो पहिलो पटकसमेत हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.