No.1 News Portal from Sudurpashchim Province
bajaj

रास्वपाले आज आफनो पहिलो वार्षिकोत्सव मनाउँदै

गोकुलेश्वर। आज राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आफनो पहिलो वार्षिकोत्सव मनाउँदैछ। रास्वपाले बालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ।

pm office

पार्टी स्थापना दिवसको अवसरमा पहिलो वार्षिकोत्सव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।

उक्त चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायतलाई बोलाइएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जनाएका छन्।

सो चियापान रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.