गोकुलेश्वर। दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका–५ अंकुर राताकाठाकी ३५ वर्षीया कलावती बोहराको बाख्रा चराउने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

बुधवार बिहान बाख्रा चराउन गएकी बोहराको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको हो । बोहराको भीरबाट लड्दा घटनास्थलमै मृत्यु भएको हो ।
मृतक बोहराको घरमा तीन छोरी, दुई छोरा र श्रीमान रहेका छन् ।



