
गोकुलेश्वर। अत्तरियाबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन्।
गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कबाट धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय अनमोल शाह र धनगढी उपमहानगरपालिका–६ का १८ वर्षीय किशोर दुई ग्राम ११० मिलिग्राम लागुऔषध सहित मंगलबार राति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।



