
गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारले आज शोक बिदा दिएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिँहसहित श्रीमती र भाउजुको मंगलवार गाडी दुर्घटनामा मृत्यु भएपछि प्रदेश सरकारले बुधवार शोक बिदा दिएको हो।
मन्त्री सिंहको मंगलवार कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी सवार प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी बझाङमा दुर्घटना भएको थियो।



