मन्त्री ठगुन्नाको पहलमा दार्चुला अस्पतालमा अक्सिजन प्लान्ट र एचडियू वार्ड राख्न अर्थ मन्त्रालयबाट एक करोड ५५ लाख बजेट
गोकुलेश्वर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाको पहलमा दार्चुलाका लागि पाँच शैय्या एचडियु बेड र अक्सिजन प्लान्ट स्थापनार्थ बजेटका लागि सहमति भएको छ ।
आफु कोरोना संक्रमित भइ अक्सिजन सपोर्टमा अस्पतालमा उपचाररत मन्त्री ठगुन्नाको सिफारिसमा अर्थ मन्त्रालयबाट पाँच शैय्या एचडियु बेड र अक्सिजन प्लान्ट स्थापना गर्नका लागि एक करोड ५५ लाख बजेट विनियोजन गर्न सहमति प्राप्त भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिवालयका कर्मचारी नरबहादुर ठगुन्नाले जानकारी दिए ।

अर्थ मन्त्रालयले दार्चुला अस्पतालको लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत पाँच शैय्या एचडियु बेड र अक्सिजन प्लान्ट खरिद गर्न अनुमति दिने सहमति सहितको पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाएको बताए ।
मन्त्रालयको यो सहमतिसँगै दार्चुला अस्पताल थप स्रोत साधनमा मजबुद हुने अपेक्षा गरिएको छ । जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट स्थापना भएको छैन् । अहिले अस्पतालमा १ जना भेन्टिलेटर र १ जना अक्सिजन सपोर्टमा उपचाररत छन् ।




