No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरका २ महिने बसन्तको सेती अस्पतालमा देहान्त

गोकुलेश्वर। धनगढीको सेती प्रादेशिक अस्पतालमा २ महिने शिशुको निधन भएको छ। अस्ति बिहीबार दार्चुलाको शैल्यशिखर नगरपालिका-६ का २ महिने शिशु बसन्त धामीको सेतीमा देहान्त भएको हो।

उनका बुबा हरिश धामीका अनुसार उनको अस्पताल र डाक्टरका लापरबाहीका कारण ज्यान गएको हो। हाल वैदेशिक रोजगारीको सिलसिलामा कुबेतमा रहेका धामीले आफ्नो छोराको डाक्टर र अस्पतालको लापरबाहीकै कारण ज्यान गएको आरोप लगाए ।

उनका अनुसार करिब १० दिनअघि बसन्तलाई आफन्तले सामान्य खोकी लागेको भन्दै सेती अस्पतालमा जचाँउन ल्याएका थिए। खोकी लागेको २ दिनमै बसन्तलाई धनगढी ल्याएर सेतीमा भर्ना गरिएको थियो ।

pm office

त्यसपछि अस्पतालले ८ दिनसम्म सामान्य वार्डमा राखेर उपचार सेवा प्रदान गरेको थियो। त्यतिन्जेल अवस्था सामान्य नै थियो। तर नवौं दिनमा निमोनिया भएको र निमोनिया झन बल्झिएको भन्दै अस्पतालले बसन्तलाई आइसियुमा राख्न लगायो।  उनलाई आइसियुमा राखेर उपचार सुरु त गरियो। तर, उपचार असफल बन्यो। उनको केही समयमै निधन भयो ।

सामान्य निमोनिया भएर अस्पताल ल्याइएको शिशुको अचानक मृत्युु हुनुले डाक्टरको लापरबाही र अस्पतालको विश्वसनीयतामाथि प्रश्नसमेत उठेको छ। यता अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले भने घटनाको विस्तृत कुरा थाहा नभएको र भोलि डाक्टरलाई बुझेर मात्र थप कुरा भन्न सकिने बताए ।

मृतकका आफन्तले अस्पताललाई अन्तै रेफर गर्न आग्रह गरेको भएपनि ठिक भैहाल्छ भनेर ज्यानै लिएको आरोप लगाए । अहिले मृतककी आमा भने बोल्नै नसक्ने अवस्थामा रहेको बताइएको छ।

सेतीमा प्रशासन र चिकित्सकको लापरबाहीका कारण बेलाबखत यस्ता घटना घटिरहेका कुराहरु सार्वजनिक हुन्छन्। तर यसमा सम्बन्धित निकायहरुले भने खासै चासो दिन सकेका छैनन्। -साभार महेन्द्रनगर पोष्ट

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.