No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रेस युनियन दार्चुलाको अध्यक्षमा कमलराज जोशी

गोकुलेश्वर। नेपाल प्रेस युनियन दार्चुलाको छैटौं जिल्ला अधिबेशनले पत्रकार कमलराज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

जिल्ला समन्वय समिति प्रमुख महादेव बडुको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रपछि आयोजित बन्दसत्रले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो।

pm office

जिल्ला शाखाको उपाध्यक्षमा गणेश सिंह धामी, समावेशी उपाध्यक्षमा बिशन सिह बुढाथोकी, सचिवमा प्रकाशचन्द्र भट्ट, सहसचिवमा बिजया जोशी र कोषाध्यक्षमा नरेन्द्र राज बडू निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा क्रमश:रणजित सिंह खत्री,दिपक साउद, हिरा सिंह धामी, गोबिन्द सिंह धामी, मनिषा बिष्ट, सुनिता कार्की र हेमन्ती भट्ट चयन भएका छन्।

युनियनका केन्द्रीय उपाध्यक्ष प्रेम चुनाराको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.