गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारी खरिद नगर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले अतिआवश्यक बाहेकका सवारी खरिदका लागि आगामी आर्थिक वर्ष २०८०/०८१ मा सवारी खरिदका लागि बजेट विनियोजन छैन् ।
प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले आज प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अति आवश्यक बाहेकका सवारी खरिद नगर्ने बताएका हुन् ।



