
गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमा कृषि क्षेत्रलाई मध्यनजर गर्दै कृषि एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ।
प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले आज प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै तरकारी फलफुलहरुलाई बजारीकरणका लागी लागत साझेदारी एम्बुलेनस संचालन गर्ने बताएका हुन् ।



