No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्‍यो

गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।

प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गरेका हुन् ।

भौतिक पूर्वाधार विकास अन्तर्गत सडक र पुलका लागि पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा १० वटा सडक पुल योजना निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको रहेको छ ।

pm office

यस्तै प्रदेशका नौवटै जिल्लामा खानेपानी तथा ढल निकासका लागि प्रदेश सरकारले एक अर्ब ७७ करोड विनियोजन गरेको हो ।

यसैगरी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारीसाधन खरिद नगर्ने बताएको छ।  प्रदेश सरकारले कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ।

कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख अर्थात ३२ दशमलव ७९ प्रतिशत र पुँजीगतर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार अर्थात ५८ दशमलव १६ प्रतिशत रहेको छ।

प्रदेशका आर्थिक मामिलामन्त्री शाहीले अन्तरप्रदेश वित्तिय हस्तान्तरणमा दुई अर्ब ३४ करोड ७५ लाख र वित्तिय व्वस्थातर्फ ३० करोड बजेट विनियोजन गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.