गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको गोकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउन आवस्यक बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले आज प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
‘दार्चुलाको शैल्यशिखर नगरपालिका—९ स्थितको गोकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउन आवस्यक बजेटविनियोजन गरेको छु,’ उनले भने।
शैल्यशिखर नगरपालिका–९ स्थितको गोकुलेश्वर प्राथमिक अस्पताललाई अब प्रदेश स्तरीय अस्पतालका रुपमा विकास गरिने भएको हो ।



